राष्ट्रिय परिचयपत्र बनाउने अड्डा डुबानमा परेपछि रविमाथि धारेहात

आइतबार, असार १६, २०८१

हरेक क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारी तयारीले नागरिकलाई हतार लाग्न थालेको छ। परिचयपत्र बनाउन जानेको भिड दिनानुदिन बढ्दो छ।

सिंहदरबार स्थित राष्ट्रिय परिचयपत्र बनाउने अड्डाको मुख्यालय मुसलधारे पानी परेपछि डुबानमा परेको छ। पूरानो गृहमन्त्रालय रहेको भवनमा उक्त कार्यालय छ। चारसयको हाराहारीमा परिचयपत्र बनाउन पुगेका सेवाग्राही डुबान प्रभावित भएका छन् ।

रवि लामिछानेले सम्हालेको मन्त्रालय माहतको अड्डा डुबानमा परेपछि सेवाग्राहीले उनै लामिछानेलाई धारे हात लगाएका छन् ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्