माधवले बोलाउँदा केपी कृषि तिर लागे, ओलीको निम्तो छल्न माधव धुलिखेल भागे 

आइतबार, असार १६, २०८१

गत वैशाख १० गते एमालेले पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सव मनायो। ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित महोत्सवमा सबै दलका शीर्ष नेताहरु सहभागी भए। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि निम्तो थियो तर गएनन् त्यहाँ जानुको साटो नेपाल भने धुलिखलेतिर गएर बसेका थिए ।

आज समाजवादीको महाधिवेशनमा एमाले अध्यक्ष ओली निम्तो पाएर पनि गएनन्। उनलाई सम्पर्क गर्न खोज्दा फोन नलागेको तर म्यासेज भने पठाएको माधव नेपालको भनाई छ। 

एमालेले हीरक महोत्सवमा प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेसका सभापति देउवालाई विशेष वक्ताको रूपमा निम्ताएको थियो । अन्य दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा बोलाएको थियो ।

आफ्नै दलबाट फुटेर नयाँ पार्टी बनेको र आफूले पटक-पटक बोलाउँदा पनि कार्यक्रममा उपस्थित नभएको भन्दै रुष्ट बनेको एमालेले आज सोही वदला लिनका लागि कार्यक्रमा बहिष्कार गरेको बताईएको छ । 

एकीकृत समाजवादीको महाधिवेशन सामूहिक रुपमा बहिष्कार गरेको एमालेले आज कृषि तथा पशुपन्छी बिभागको कार्यक्रम राखेको छ । नीति सम्वाद नाम दिएको सो कार्यक्रममा एमालेका सबैजसो नेताहरु उपस्थित छन् । त्यसोत एमालेले ०७८ सालमा आयोजना गरेको १०औं राष्ट्रिय महाधिवेशनमा पनि एसका कुनै पनि नेता उपस्थित भएका थिएनन् ।
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्