भट्टराईलाई मुख्यसचिव बनाउन प्रचण्डको सोझियो मन, ओली पनि राजी छन्

आइतबार, असार १६, २०८१

हुँदाछँदाका मुख्यसचिवलाई भ्रष्टाचार मुद्दा लागेर निलम्बित भएपछी यतिबेला प्रधानमन्त्री प्रचण्डले निमित्त मुख्यसचिवलाई हतेतेर शासन चलाउनु परेको छ। सिंगो सरकारको प्रशासन हेर्ने अख्तियारी पाएको मुख्यसचिव नहुँदा प्रचण्डले असहजता महसुस गरेको उनकै सचिवालयको घुमाउरो तर्क छ। 

यस्तो अवस्था भएपछी ‘प्रचण्ड’ नयाँ मुख्यसचिवको खोजीमा छन् । निमित्त मुख्यसचिवको जिम्मेवारी कानुनतर्फकी सचिव लीलादेवी गड्तौलाले पाएकी छिन् । तर भनेजस्तो नगरेपछि निमित्तका भरमा पार नलाग्ने बुझेका प्रचण्डले मुख्यसचिव खोज्ने क्रमलाई तिब्र पारेका हुन्। 


निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगका विशेष दरबन्दी सिर्जना गरेर नयाँ मुख्यसचिव नियुक्त गर्ने बाटो खुलिसकेको छ । सम्भवत भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मुख्यसचिव नियुक्त गर्नेछ। 

नयाँ मुख्यसचिवका लागि निमित्त मुख्यसचिव लीलादेवी गड्तौला, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई र गृह मन्त्रालयका सचिव एकनारायण अर्यालबीच मुख्य प्रतिस्पर्धा देखिन्छ ।

निमित्त मुख्यसचिव गड्तौला ५८ वर्षे उमेरहदका कारण यही भदौ १५ गते घर जाँदैछिन् । गृह मन्त्रालयका सचिव अर्याल अर्को मंसिरमा घर जाँदैछन् । उनी २०८२ मंसिर १० गते ५८ वर्ष पुग्नेछन् । त्यसैले अर्याल डेढ वर्ष पनि मुख्यसचिव नबन्ने देखिन्छ । अर्याल एमालेनिकट बताए पनि बामदेव गौतम गृहमन्त्री हुँदा उनका विश्वासपात्र भएर काम गरेका व्यक्ति हुन् । सबै शक्ति केन्द्र रिजाउन खोज्दा गृह सचिव अर्याललाई पछिल्लो समय धेरैले विश्वास गर्न छाडेका छन् । उनीमाथि आफू बन्न जे पनि गर्न सक्छन् भन्ने आरोप लागेको छ ।

राष्ट्रिय योजना आयोगका सचिव ज्ञवाली र सञ्चार सचिव रामकृष्ण सुवेदी मुख्य सचिव भए उनीहरु पनि साढे दुई वर्षमात्र बस्नेछन् ।। ३ वर्ष पुरा खाने भट्टराई मात्र देखिएका छन् । ज्ञवालीको नेतृत्व क्षमता कमजोर रहेको देखिन्छ । त्यसैले उनले महत्वपूर्ण निकायको जिम्मेवारी पाएका छैनन् । सञ्चार सचिव सुवेदी माओवादीको नाममा फाइदा लिएर उक्त पार्टीलाई नै असहयोग गर्ने व्यक्तिमा परिचित छन् । पाउनका लागि जे पनि गर्ने र पाइसकेपछि कसैलाई नटेर्ने सुवेदीको स्वभाव भएको कुरा सिंहदरबारमा अहिलेपनि चर्चा हुने गरेको छ । उनी दिननाथ शर्माका खास मान्छे हुन् ।

प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव बनाउनको लागि हिजोदेखि गम्भीर परामर्श थालेका छन् । उनको रोजाईमा महिला मन्त्रालयमा कार्यरत पुरुष  सचिव भट्टराई परेका छन् । भट्टराईलाई प्रचण्डले नै गृहसचिव बनाएका हुन् । प्रधानमन्त्री प्रचण्डको लाइनअनुसार काम गर्दै आएका भट्टराई प्रचण्डलाई निकै मान्छन् । प्रचण्डको विश्वास जितेर काम गर्ने सचिवका रूपमा भट्टराई चिनिन्छन् । ३ वर्ष मुख्यसचिव खाने हुनाले भट्टराईलाई नै मुख्यसचिव बनाउँदा प्रचण्डलाई फाइदा हुने भन्दै माओवादीभित्रैबाट पनि लविङ थालिएको छ । यो कुरामा प्रचण्डनिकट माओवादीका शीर्ष नेता स्पष्ट छन् । त्यसैले भट्टराईलाई मुख्यसचिव बनाउन प्रचण्ड सकारात्मक रहेको बताइन्छ ।

उता, कोशीपारी बिराटनगरका भट्टराईका नाममा एमाले अध्यक्ष ओली समेत सकारात्मक छन्। ओलीको गृहजिल्ला ससुराली भएका भट्टराईलाई मुख्यसचिव बनाउन ओलीले तगारो हाल्ने नबुझेपछि प्रचण्डले तिनै भट्टराई रोज्ने सम्भावना ज्यादा छ। 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्