प्रचण्ड र ओलीको बाक्लियो भेटघाट, बिहानै बालुवाटार पुगे ओली

सोमबार, असार १७, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीको भेटघाट बाक्लिएको छ। आज पनि भेटवार्ताका निम्ति सबेरै ओली बालुवाटार पुगेका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताद्वयबीच समसामयिक विषयमा छलफल भएको छ। ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच हिजो पनि भेटवार्ता भएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजोको भेटवार्तामा उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि सहभागी भएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएको शनिबार ओलीनिवास बालकोट पुगेका थिए । त्यसयता नेतहरूबीचको भेटवार्ता र छलफल बाक्लिएको छ ।

उता, देउवाले आजै पदाधिकारीको बैठक बोलाएको छ भने भरे साँझ सत्तागठबन्धनको बैठक बस्दैछ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०९:५३
प्रतिक्रिया दिनुहोस्