मन्त्री बन्न खुट्टा उचालेकी रन्जितालाई यसरी लगाईयो घोक्रेठ्याक

सोमबार, असार १७, २०८१

नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट पार्टी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ (चौधरी)लाई हटाएका छन् । 

श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन्।

प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । जसमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन् । लालबिर रन्जिताका ससुरा हुन् ।

गंगा चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ । मन्त्री बन्न लागेकी रन्जितालाई दलको नेताबाट हटाएपछि नाउपामा अर्को लफडा थपिएको छ।

प्रधानमन्त्री प्रचण्डले भोलि असार १८ गते उनलाई पर्यटन मन्त्रालय जिम्मा लगाउदै थिए। तर अब भने त्यसमा तगारो खडा भएको छ।

 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्