सोसल मिडिया
युनिकोड
सत्तारुढ मध्येको सबैभन्दा ठुलो दल एमालेका अध्यक्ष केपी ओली नौ बजेदेखि अहिले सम्म बालुवाटारमै छन्। प्रधानमन्त्री प्रचण्ड र ओलीको भेटवार्ता अहिलेपनि जारी छ।
पूर्वाञ्चल विश्वविद्यालय परिषद्को बैठकमा प्रधानमन्त्री सहभागी हुनुपर्ने भएपछि रोकिएको बैठक पुनः अहिले चलिरहेको छ। उनीहरूबीचको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ। प्रचण्डले आजको छलफलका लागि स्थान पनि नयाँ राजेको छन्।
यसअघि गत शनिबार दिउँसो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ओलीले लगभग तीन घण्टा छलफल गरेपछि राजनीति तरंगित भएको छ। उता आजै तीन बजे देउवाले पदाधिकारी बैठक बोलाएका छन्। उच्च श्रोतका अनुसार अहिले प्रचण्डलाई ओलीले तौलिने काम मात्र गरिरहेका हुन्।