सोसल मिडिया
युनिकोड
आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको हो।
छापावाल सुन उक्त मूल्यमा कारोबार हुँदा तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेको छ। त्यस्तै आज चाँदीको मूल्यमा भने उतारचढाव छैन।
आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस २ हजार ३ सय २४ अमेरिकी डलर र चाँदी २९ अमेरिकी डलरमा कारोबार भएको छ।