मन्त्रिपरिषद्को नियमित बैठक सुरु हुँदै, मुख्यसचिव नियुक्त हुन सक्ने

सोमबार, असार १७, २०८१

मन्त्रिपरिषद्को नियमित बैठक केही बेरमै बस्दै छ । आजको बैठकमा मुख्यसचिव नियुक्त हुने सम्भावना रहेको एक मन्त्रीको भनाइ छ । 

हाल निमित्त मुख्यसचिवमा लीलादेवी गड्तौला छिन । मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेपछि सरकारले निमित्त मुख्यसचिवमा गत आइतबारदेखि लीलादेवी गड्तौलालाई जिम्मेवारी दिएको थियो । 

उनी पहिलो पटक महिलाका तर्फबाट निमित्त मुख्यसचिव भएकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव चयन नगरी निमित्तबाटै काम चलाउने निर्णय गर्‍यो । 

४ बजेका  लागि बोलाइएको बैठकमा सबै मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन उर्दी जारी गरिएको छ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्