सोसल मिडिया
युनिकोड
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले सरकारमा सहभागी मन्त्रीहरूलाई बालकोट नबोलाएको प्रस्ट पारेको छ ।
सामाजिक सन्जाल मार्फत उक्त कुराको खण्डन गरिएको छ। तर ओलीको सचिवालय र एमालेकै मन्त्रीले बालकोट बोलाएको सूचना चुहाएका थिए। अन्तिममा आएर ओली सचिवालयले हल्ला भनेर प्रष्टीकरण दिएको छ।
बालकोट नाम गरेको ओली सचिवालयको आधिकारिक फेसबुक पेजमा खण्डन गर्दै लेखिएको छ-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ। तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ। -सचिवालय । _२०८१ असार १७