सोसल मिडिया
युनिकोड
सिभिल इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित ठाउँको ठाउँ नियन्त्रणमा लिएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत सिभिल इन्जिनियर मो. अख्तर हुसैनलाई आज अख्तियारले नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सहजीकरण गर्ने शिर्षकमा दाम असुलेका हुन्। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । हुसेनले अरू संग पनि घुस असुलेको अख्रियारको दाबी छ। ताप्लेजुङ्ग एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको जिल्ला हो।