सोसल मिडिया
युनिकोड
शनिवार पत्नी बोकेर एमाले अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा तीन घण्टा गफिएका कांग्रेस सभापति शेरबहादुर देउवा त्यसयता खासै खुलेका छैनन्। न देउवाले खुलस्त पारे न त ओलीले नै केही चुहाए। तर, राष्ट्रिय राजनीति भने झन्-झन् गर्माएको छ।
नेपाली कांग्रेसका सभापति देउवाले सत्ता समीकरणबारे पार्टीमा कुनै जानकारी नगराएको खुलेको छ । उनले आज पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा समेत ओली संगको भेटका बारेमा ओठे जवाफ मात्र फर्काए।
सोमबार अपराह्न देउवाले आफ्नै निवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका थिए । बैठकमा नेताहरूले नयाँ सत्ता समीकरणबारे प्रश्न गरेका थिए ।
तर, जवाफमा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चिया पिउन बोलाएको मात्र बताएको एक पदाधिकारीले जानकारी दिए ।
"कांग्रेस–एमालेको सरकार बन्ने कुरा के हो ? भनेर सबै जनाले सोध्यौँ । उहाँले ओलीले बोलाउनुभयो । चिया खायौँ । बीआरआईबारे कुरा भयो मात्रै भन्नुभयो । नयाँ सत्ता समीकरणबारे केही बोल्दै बोल्नुभएन," ती पदाधिकारीले भने । नयाँ सत्ता समीकरणका लागि देउवाले रमेश लेखकलाई खटाएजस्तो देखिएको ती पदाधिकारी बताउँछन् ।
"यो सत्ता समीकरणको तयारीबारे उपसभापति, महामन्त्री कसैलाई जानकारी छैन । देउवाले रमेश लेखकलाई खटाएजस्तो देखिन्छ," ती पदाधिकारीले भने । भन्नलाई सहती कुरा गरेपनि ओली र देउवाको गम्भीर कुरा भएको संकेत पाएको कांग्रेसकै एक नेताको दाबी छ।
यता ओलीले पनि टालटुले जवाफ फर्काएका छन् तर प्रधानमन्त्री प्रचण्ड चाँही शसंकित बनेको श्रोतको दाबी छ। ओली प्रचण्ड सरकार संग नाखुस भएको एमालेका नेताले स्वीकार गरेपनि तत्काल कांग्रेस-एमाले सरकार बन्नेमा भने तस्बिर प्रष्ट नभएको बताए। तर, खेल चाँही शुरु भएको उनको तर्क छ। देउवा र ओली विच हल्ला नगरी काम तमाम गर्ने समझदारी बनेको उच्च श्रोतको दाबी छ।