जिप दुर्घटनामा आठ जनाले ज्यान गुमाए, पाँच गम्भीर घाईते

सोमबार, असार १७, २०८१

रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। जिप दुर्घटना हुँदा आठ जनाले ज्यान गुमाएका छन् ।
मृतक र घाइतेको परिचय खुलिसकेको छैन । 

अहिले घटनास्थलतर्फ घर्तीगाउँ प्रहरी चौकीको टोली पुगेको छ । स्थानीयहरु पनि उद्दार कार्यमा खटिएका छन् । 

लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका वडा नं. ४ स्थित परेवा छहरामा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब चार सय मिटर तल खसेको छ । दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन् । यसबाहेक घटनाको अरू  विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्