सोसल मिडिया
युनिकोड
कांग्रेस सभापति शेरबहादुर देउवाले किस्तिमै राखेर दिएको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीले स्वीकार गरेपछि प्रचण्ड नेतृत्वको सरकार ढल्ने पक्कापक्की भएको छ।
राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा (एमाले) का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १८ गते मङ्गलबार संयुक्त आह्वान गर्ने छन्।
संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबिच गठबन्धन गर्ने सहमति बनेको स्रोतले बताएको छ।
स्रोतका अनुसार कार्यदलस्तरमा काम टुंगिसकेको छ । आजै कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतको दाबी छ। हाल देउवा र ओलीबीच छलफल चलिरहेको छ। यस छलफलले सहमतिलाई अन्तिम रूप दिने बताइएको छ।
राष्ट्रिय सहमतिको नयाँ सरकारमा नेपाली कांग्रेसले १०, प्रधानमन्त्रीसहित नेकपा एमालेले ९ मन्त्रालय लिने सहमति बनेको स्रोतले जनायो।
संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ बहुमतको संख्या १७ कम छ। जसका लागि बाँकी ६ मन्त्रालय अन्य दललाई छुट्टाइएकाे छ। जसमा उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टी समेटिने छ भने जनमत र नाउपा पनि अट्ने बताईएको छ।