भूतले खाजा खाने बेलैमा प्रचण्ड सरकार ढल्यो, कांग्रेस र एमालेको भयो सहमति

सोमबार, असार १७, २०८१

संसदका पहिलो ठूलो र दोश्रो ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको छ।

ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले किस्तिमै राखेर दिएको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीले स्वीकार गरेपछि प्रचण्ड नेतृत्वको सरकार मध्यराति ढलेको छ। सहमति पत्रमा ओली र देउवाले हस्ताक्षर गरेका छन्। 

संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबिच गठबन्धन गर्ने सहमति बनेको स्रोतले बताएको छ।

स्रोतका अनुसार कार्यदलस्तरमा काम टुंगिसकेको छ । आजै कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतको दाबी छ। हाल देउवा र ओलीबीच  छलफल चलिरहेको छ। यस छलफलले सहमतिलाई अन्तिम रूप दिने बताइएको छ।

राष्ट्रिय सहमतिको नयाँ सरकारमा नेपाली कांग्रेसले १०, प्रधानमन्त्रीसहित नेकपा एमालेले ९ मन्त्रालय लिने सहमति बनेको स्रोतले जनायो।

संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ बहुमतको संख्या १७ कम छ। जसका लागि बाँकी ६ मन्त्रालय अन्य दललाई छुट्टाइएकाे छ। जसमा उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टी समेटिने छ भने जनमत र नाउपा पनि अट्ने बताईएको छ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २३:४५
प्रतिक्रिया दिनुहोस्