ओली मध्यराति किन पुगे राष्ट्रपति भवन शितलनिवास ?

मंगलबार, असार १८, २०८१

एमाले अध्यक्ष केपी ओली राष्ट्रपति भवन शितलनिवास पुगेका छन् । कांग्रेसले प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्ने भएपछि आन्तरिक परामर्शका लागि उनी त्यहाँ पुगेको बताईएको छ।

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा दुई दलले करिब सहमति जुटाइसकेका छन् । राष्टपतिसँग आवश्यक परामर्शपछि मंगलबार नै नयाँ सरकारका लागि ठोस निर्णय लिइने भएको छ ।

नयाँ सरकार गठनको प्रक्रिया पूरा गर्न शीतल निवास पुगेको बताइएको छ। नयाँ सरकार गठनका लागि बिहानसम्म हस्ताक्षर हुने नेताहरूको दाबी छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ००:१०
प्रतिक्रिया दिनुहोस्