राजीनामा दिनु अघि प्रचण्डले माओवादी पदाधिकारी बैठक बालुवाटारमै बोलाए

मंगलबार, असार १८, २०८१

मध्यरातमा सत्ता समीकरणमा फेरबदल भएसँगै नेकपा (माओवादी केन्द्र)ले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। कांग्रेस एमालेबीच सत्ता समीकरण हुने सहमतिले अप्ठ्यारोमा परेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी बैठक बोलाएका हुन्। 

‘बिहान ९ बजे बालुवाटारमा बस्नेगरी अध्यक्ष ज्यूले पदाधिकारी बैठक बोलाउनु भएको छ,’ माओवादी केन्द्रका नेता गणेश साहले बताए। 

कांग्रेससँग सत्ता सहयात्रा गर्ने सहमतिसँगै एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन्। एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले पनि आजै राजीनामा दिने र नयाँ सरकार गठन प्रक्रिया सुरु हुने दाबी गरेका छन्। 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्