सोसल मिडिया
युनिकोड
कांग्रेससँग नयाँ सरकार गठन गर्ने विषयमा सहमति गरेसँगै नेकपा एमालेले पार्टीको सचिवालय बैठक बोलाएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा संविधान संशोधनसहित राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा एमाले र कांग्रेसबिच भएको सहमतिबारे जानकारी दिन अध्यक्ष ओलीले बैठक बोलाएको गौतमको भनाई छ ।
ओलीके भ्याए आजै नत्र भोलि प्रधानमन्त्रीको सपथ लिनेछन् ।