रास्वपाका महामन्त्री मुकुलले मुखमा मास्कमाथि कालो टेप किन टाँसे ?

बुधबार, असार १९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा जारी छ। महामन्त्री डा. मुकुल ढकाल भने मुखमा मास्कमाथि कालो टेप टाँसेर सहभागी छन् । उनै ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न बैठक बसेको हो। 

ढकालले आजको बैठक प्रत्यक्ष प्रशारण गर्न सभापति रवि लामिछानेलाई आग्रह गरे पनि त्यसो नगरिएकोमा विरोध स्वरुप मुखमा पट्टी बाँधेर बैठकमा सहभागी भएका हुन् ।

बैठकमा महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई गत बुधबार बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल हुने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

ढकाललाई अनुशासन समितिले ढकाललाई प्रष्ट पार्न पत्र काटेपछि बसेको बैठकले उनलाई कारबाही गर्ने रास्वपा श्रोतको भनाई छन्। 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्