पचास हजार खन्खन्ती गनेपछि रिहा भए भीम

आइतबार, वैशाख १६, २०८१

मेलम्चीको मालमा मुछिएका पूर्वसचिव भीमप्रसाद उपाध्याय ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा उनी विशेष अदालतमा हाजिर भएर ५० हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत फागुन ६ गते तत्कालीन खानेपानी सचिव उपाध्याय विरुद्ध चार करोड ११ लाख बिगो मागदावीसहित विशेष अदालतमा भ्रष्टाचार गरेको थियो । उनी आइतबार विशेष अदालतमा हाजिर भएर बयान तथा थुनछेक बहस भइ ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्