हालसालै अवकाश पाएर घर गएका सुरेश प्रतिनिधिसभाको सचिव भएर फर्किए

बुधबार, असार १९, २०८१

नेपाल सरकारको सचिवबाट अवकास पाएर हालसालै घर गएका प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गरेका हुन् ।

त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्