सोसल मिडिया
युनिकोड
नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्। बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामापत्र बुझाएका हुन्।
कांग्रेस-एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन्। प्रचण्ड सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन्।
उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटबाट केही बेरअघि बालुवाटार पुगेका थिए। एमालेले बुधबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।