घन्टीका महामन्त्रीलाई आजै पदबाट बर्खास्त गर्दै घर पठाईदिने

बुधबार, असार १९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना महामन्त्री डा. मुकुल ढकाललाई आजै पदबाट बर्खास्त गर्दै घर पठाईदिने भएको छ। 

पार्टी अनुशासनभन्दा बाहिर रहेर बोलेको भन्दै रास्वपाले ढकाललाई कारबाही गर्न लागेको हो। जसका लागि अहिले पार्टी सभापतिसहितका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ। आजै केहीबेरअघि स्थगित भएको बैठक सुरु भएको छैन। पार्टी अनुशासन आयोगको सिफारिसमा केन्द्रीय समिति बैठकबाट महामन्त्री ढकाललाई कारबाही गर्ने तयारी रास्वपाले गरेको हो। 

ढकाल झन् झन् उग्र बनेपछि उनलाई सधैका लागि बिदा गर्न रास्वपाका भए भरका ठुला ठालू एकमत भएका छन्। मुकुलको पक्षमा कोही छैनन्। 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २१:४९
प्रतिक्रिया दिनुहोस्