प्रचण्ड सरकार अल्पमतमा परेपछि घन्टीले पनि खोस्टो बुझाउने

बिहीबार, असार २०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउन लागेका हुन् । 

सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।  तर रास्वपाले कांग्रेस–एमाले गठबन्धन सरकारमा भने सहभागी नहुने निर्णय गरिसकेको छ । 

सरकारमा सहभागी अर्को दल एमालेले बुधबार नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाइसकेको छ । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेका छन्। 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्