नयाँ गठबन्धनमा प्रचण्डले पुल्ठो झोस्ने, भारतीय राजदूतले लगाए टेको

बिहीबार, असार २०, २०८१

सत्ता सहयात्री मध्येको सबैभन्दा ठूल दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सोझै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्ड सजिलै सत्ता नछोड्ने मुढमा पुगेका छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुलाई राजीनामा दिन रोकेर बालुवाटारबाट फर्काएका प्रचण्डले सत्ता फर्काउने बताएका छन् । राजीनामा पत्र खल्तीमा हालेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्री  ‘प्रचण्ड’ को ब्रिफिङपछि कन्भिन्स भएर राजीनामा नबुझाइ फकिएका हुन् ।

बालुवाटार स्रोतका अनुसार भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । सो क्रममा प्रचण्डले संसद् फेस गरेर विश्वासको मत पाउने आधारसमेत प्रस्तुत गरेको बताइएको छ । प्रचण्डले जसरी भएपनि सत्ता जोगाउने रणनीति सुुनाएपछि रास्वपाका मन्त्रीहरु कन्भिन्स भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिन अझै २९ दिनको समय छ । हिजो नेकपा (एमाले) का मन्त्रीहरुले राजीनामा बुझाएर समर्थन फिर्ता लिएको जानकारी गराएपछि मात्रै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

प्रधानमन्त्री प्रचण्डले जसरी भएपनि कांग्रेसलाई कन्भिन्स गराउने र माओवादीसहितको गठबन्धनमा सरकारको निरन्तरता दिने रणनीति अपनाएको बताईको छ । अहिलेको सरकार संविधानको धारा ७६ (२) अनुसार बनेकाले अब उपधारा ३ को अभ्यास हुने धेरैको बुझाइ छ । संविधानविद्हरुले पनि संविधानमा भएका धाराहरु क्रमश अभ्यास गर्दै जानुपर्ने बताउँदै आएका छन् ।

यिनै आधार पेश गरेर प्रचण्डले रास्वपाका मन्त्रीहरुलाई कन्भिन्स गराएका छन् । रास्वपाका मन्त्रीहरुले पनि बरु छिट्टै विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् । रास्वपाका मन्त्रीहरुको समर्थनपछि प्रधानमन्त्री प्रचण्ड झनै हौसिएर विश्वासको मतका लागि सक्रियता बढाउने तयारीमा रहेको बताइएको छ ।

वाम गठबन्धनको अपरिहार्यता बुझेर कांग्रेससँगको सहकार्य छाड्दा एमालेले फेरि बेइमानी गरेको प्रचण्डको बुझाइ छ । प्रचण्डनिकट स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि बेइमानी गरेको उनको निश्कर्ष छ । त्यसकारण जसरी भएपनि ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने रणनीतिमा प्रचण्ड लागेका छन् ।  

प्रचण्डलाई भारतीय राजदूतले ढुक्क हुन भनेको श्रोतको भनाई छ। हुन पनि भारतीय राजदूतले देउवालाई घरै पुगेर एमाले संग नमिल्न सुझाब दिएका थिए। भारतको सक्रियतापछि रातारात ओली र देउवाले सम्झौता गर्नुपरेको श्रोतको भनाई छ। नयाँ गठबन्धन भारतको रुचीको विषय नभएकाले प्रचण्ड अझै आफ्नो सत्ता रहनेमा ढुक्क छन्। तर ओली र देउवाले प्रचण्डलाई देखाएरै छोड्ने रणनीतिमा एकै ठाउँ छन्। 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्