सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजे बस्ने गरी बैठक बोलाईएको एक मन्त्रीले तोकादेशलाई जानकारी दिए।
एमाले सरकारबाट बाहिरिएपछी बस्न लागेको क्याबिनेट भएकोले आजको बैठकलाई चासोपूर्वक हेरिएको छ। यो नियमित बैठक हो। दीर्घकालिन असर पर्ने निर्णय नगर्न एमालेले प्रचण्डलाई सचेत गराएको छ। एमालेका ८ मन्त्रीले हिजो दिएको राजीनामा स्वीकृत गरेकै दिन आज क्याबिनेट डाकिएको हो।