प्रचण्डलाई माधवले अँगालो मारेपछि सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घलाई एमालेले बनायो ह्रस्व

बिहीबार, असार २०, २०८१

नेकपा (एमाले) सुदूरपश्चिम सरकारबाट बाहिरिएको छ । एमालेले आज (बिहीबार) प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुको पनि राजीनामा गराएको छ ।

योसँगै सुदूरका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । मुख्यमन्त्री सोडारी अहिले काठमाडौं आएका छन् । उनी काठमाडौं आएकाले एमालेका नेताहरुले मुख्यमन्त्रीको कार्यालयमा राजीनामा र सरकारबाट बाहिरिएको पत्र दर्ता गराइसकेका छन् ।

एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सरकारबाट बाहिरिएको विषयमा मुख्यमन्त्री सोडारीसँग टेलिफोन संवाद भएको र कार्यालयमा पत्र दर्ता गराइएको बताए । केन्द्रमा समाजवादीले प्रचण्ड सरकार नछोडेपछी त्यसको तरङ्ग त्यहाँ सम्म पुगेको हो।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्