गृहमन्त्री रविको मुद्दामा सपना र सारङ्गाको बाझियो कुरो, अब पूर्ण ईजलासले ओखति गर्ने 

बिहीबार, असार २०, २०८१

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतका न्यायाधीशको राय बाझिएपछि आज फैसला आउन सकेन। न्यायाधिशद्वय सारङ्गा सुवेदी र सपना प्रधान मल्लबीच रविको मुद्दा मा राय बाझिएको हो ।

न्यायाधीश मल्लले राजीनामा दिने भन्ने विषय नैतिकतासँग जोडिएको भन्दै सम्बन्धित व्यक्तिको आफ्नै विवेकबाट निर्णय गर्ने विषय रहेको राय दिए पनि अर्को न्यायाधिश सुवेदीले भने उपप्रधान एवं गृहमन्त्री लामिछानेले आम नागरिकहरुप्रतिको जिम्मेवारी र जवाफदेहिताप्रति प्रतिवद्धता व्यक्त गर्दै नैतिक कर्तव्य बोध गरी मार्ग प्रशस्त गर्नुपर्ने राय दिएकी छन् ।

‘कसुरदारलाई कानुनको दायरामा ल्याउने र पीडितलाई कानुनबमोजिम न्यायको प्रत्याभूति दिलाउने कार्यमा संवेदनशील भइ संविधान र कानुनका वैध अपेक्षाहरुको सम्मान गर्दै सार्वभौमसत्ता सम्पन्न आम नागरिकहरुप्रतिको जिम्मेवारी र जवाफदेहिताप्रति प्रतिवद्धता व्यक्त गर्दै नैतिक कर्तव्य बोध गरी गृहमन्त्रीले मार्ग प्रशस्त गर्न परमादेशको आदेश जारी हुने ठहर्छ,’– न्यायाधीश सुवेदीको रायमा भनिएको छ ।

न्यायाधीशद्वयबीच राय बाझिएकाले उक्त रिट निवेदन अब पूर्ण इजलासमा पेश हुनेछ । पूर्ण इजलासमा पेश भएको उक्त रिट न्यायाधीशद्वय सुवेदी र मल्लले हेर्न पाउने छैनन् । पूर्ण इजलासले रवि प्रकरणको छिनोफानो गर्ने भएको छ। 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  २०:३६
प्रतिक्रिया दिनुहोस्