राजीनामा दिंदै नदिने प्रधानमन्त्री प्रचण्डको अडान, क्याबिनेटमा के भयो ?

बिहीबार, असार २०, २०८१

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजीनामा नदिने स्पष्ठ पारेका छन् । प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने तर राजीनामा गर्दै नगर्ने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शर्माले क्याबिनेट बाट बाहिरिएपछि भनिन्, "सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । संवैधानिक, कानुनी व्यवस्थाअनुरूप प्रधानमन्त्रीले संसद्‌मा विश्वासको मतको सामना गर्ने बताउनुभएको छ । कुन दिन गर्ने भन्ने निर्णय भएको छैन, हामी सकेसम्म छिटो विश्वासको मतको फेस गर्छौं ।"

प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाली कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरिरहेका छन् । तर, प्रचण्डले आफूले संसद्‌मा विश्वासको मतको सामना गर्ने बताउँदै आएका छन् ।

बिहीबार बिहानमात्र उनले राजीनामा बुझाउन गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूलाई केही दिन पर्खिन आग्रह गरेका थिए । त्यसपछि रास्वपाका मन्त्रीहरू राजीनामा नदिएर फर्किएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्