प्रधानमन्त्री हुन खुट्टो उचालेका बालाई ताकेर शिक्षा मन्त्रीले खोलिन् फायर

शुक्रबार, असार २१, २०८१

प्रधानमन्त्री हुन खुट्टो उचालेर बसेका एमाले अध्यक्ष केपी ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठबीच घोचपेच चलेको छ। 
शिक्षकले राम्रोसँग नपढाउँदा एसईई नतिजा राम्रो नभएको भन्ने ओलीको भनाइमा मन्त्री श्रेष्ठले प्रतिवाद गरेकी छन्।

ओलीले बिहीबार एमालेको भातृ संगठन अनेरास्ववियू रुपन्देहीले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयको सम्मानमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एसईईको नतिजा खस्कनुमा मुख्य जिम्मेवार शिक्षक भएको प्रतिक्रिया दिएका थिए।

बिहीबार बेलुकी शिक्षामन्त्री श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न फाइल अगाडि बढाउँदा ओलीले सरकार नै परिवर्तन गर्न खोजेको बताउँदै शिक्षक राजनीतिमा लाग्दा पठनपाठन प्रभावकारी नभएकाे आशय व्यक्त गरेकी छन्।

शिक्षामन्त्री श्रेष्ठले लेखेकी छन्, ‘आदरणीय केपी बा! शिक्षकले राम्रो नपढाउँदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ। अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाउँदा सरकारनै परिवर्तन गर्न खोज्ने।’

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्