सोसल मिडिया
युनिकोड
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन्। शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताए।
प्रचण्ड सरकारबाट बाहिरिन माधव नेपाललाई कांग्रेस र एमालेका नेताको तिब्र दबाब छ। तर नेपालले प्रचण्डलाई काँध हालेपछि कांग्रेस र एमाले बिच्किएका छन्। प्रधानमन्त्रीले राजीनामा गरिदिए हुन्थ्यो भनेर बसेका उनीहरूका लागि माधब घाँडो भएको देखिएको छ। रास्वपाका मन्त्रीलाई समेत फकाएका प्रचण्ड केही मूभ गर्ने मनसायमा छन् तर गणित पुगेको छैन।
अहिले माधव र प्रचण्ड दुवै ओलीलाई छिर्के हान्ने रणनीतिमा छन् र त्यसलाई रवि लामिछानेले पनि साथ दिएका छन्। यसो हुँदा संविधानको धारा ३ मा पुर्याएर ओलीलाई रोक्न सकिन्छ भन्ने दाउ छ। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि त्यसै भनेका छन्।
एमाले संगको गठबन्धन तोडेर प्रचण्डले पौडेललाई राष्ट्रपति बनाएको गुण तिर्न आग्रह गरेका छन्। त्यो भनेको धारा ३ को प्रधानमन्त्री बनाउनु हो। धारा ३ सक्रिय हुँदा ओली नभएर देउवा प्रधानमन्त्री बन्छन। र भारत पनि अहिले त्यहि चाहन्छ अर्थात उसले प्रचण्डको पक्ष लिएको छ।