गिरिजाप्रसाद कोइरालाको नाम भवन बन्ने, खड्ग सहित क-कसले गरे शिलान्यास ?

शुक्रबार, असार २१, २०८१

पूर्वप्रधानमन्त्री नेपाली काङ्ग्रेसका पूर्वसभापति स्व.गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोईराला सामुदायिक प्रतिष्ठानको भवन असार २१ गते शुक्रवार शिलान्यास गरिएको छ। झापास्थित कनकाई ६ चम्पापुरको उक्त सामुदायिक भवन एक समारोहका बिच शिलान्यास गरिएको हो।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा विकासवादी नेता खड्गबहादुर कार्कीको विशेष पहल र सक्रियतामा सो भवन निर्माणमा बजेट विनियोजन भएको हो। 

शिलान्यास उनै कार्की सहित महासमिति सदस्य एकराज उप्रेती, कविता बस्नेत सहित महाधिवेशन प्रतिनिधि भीम राजवंशी  नेता रुद्रप्रसाद चिमरियाले गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो। कार्कीको पहलमा भवन बन्ने भएपछि स्थानीय दङ्ग परेका छन् भने कार्कीको कामको तारिफ समेत गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्