सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले छंदाखाँदाको गठबन्धन छाडेर नेपाली कांग्रेससँग मिल्नुको पछाडी गम्भीर रहस्य भएको बताएका छन्। सरकारलाई समर्थन गर्ने दलका शीर्ष नेताहरूसँग सिंहदरबारमा शुक्रबार भएको छलफलका क्रममा उनले ०६२-०६३ को उपलब्धिमाथि घन हान्ने योजना भएको सुनाए।
‘यसका पछाडि केही रहस्य छन्। कतै ०६२-०६३ का उपलब्धिहरूलाई नै अन्य गर्नेतिरको दिशामा हो कि?’ भन्ने शंका प्रधानमन्त्रीमा रहेको बैठकमा सहभागी नेकपा एसका सम्मानित नेता झलनाथ खनालले बताए। प्रचण्डले संविधान संशोधनको विषयलाई पनि विचार गरेर सोच्नुपर्ने बताएको खनालले बताए।
प्रधानमन्त्री प्रचण्डले आगामी २८ गते आफूले विश्वासको मत लिन लागेको जानकारी पनि समर्थित दलका नेताहरूलाई गराएको र प्रतिगामीलाई झापड हान्नुपर्ने बाध्यता रहेको बैठकमा सुनाएको खनालले बताए। बैठकमा खनाल, माधव नेपाल सहित सिके राउत् र रन्जिता श्रेष्ठ पनि सहभागी थिए। अशोक राईको पार्टीका दुई मन्त्रीले आजै सरकार छोडेका छन्।