सोसल मिडिया
युनिकोड
एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने मिति तय गरे लगत्तै उनले सरकारमा रहेका पार्टीका नेतालाई बोलाएर शंका र सम्भावित भयका कुरा पनि सुनाए।
प्रचण्डलाई भेटेपछि पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानको धारा १७६ (२) का प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत नपाएपछि स्वतः धारा (३)मा जानुपर्ने तर्क पेस गरेका छन्।
शुक्रबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि खनालले यस्तो अवस्थामा राष्ट्रपतिले संविधानको बर्खिलाप निर्णय लिनुपर्ने बताए। ‘संविधानबमोजिम जाने हो भने धारा २ मा अविश्वास भएपछि स्वतः धारा ३ मा जानुपर्छ। विभिन्न नजिर खेलाउने र विवेकको दुरुपयोग गर्ने हो भने राष्ट्रपतिले कसलाई बोलाउने भन्ने प्रश्न हुन्छ,’ खनालले भने, ‘कतै उहाँले पनि विवेकको दुरुपयोग गरेर संविधानको बर्खिलाप नगर्नुस् भन्ने जनमत मैले देखेको छु।’
आगामी असार २८ गते प्रधानमन्त्री प्रचण्डले संसदस्बाट विश्वासको मत लिँदैछन्। प्रचण्डको विश्वासको मत लिनुअघि आफ्नो सरकारलाई समर्थन जारी राखेका दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्। उनले आफूले पाचौँपटक विश्वासको मत लिन लागेको जानकारी पनि प्रधानमन्त्रीले गराएका छन्।
झलनाथले संकेत गरे अनुसार राष्ट्रपतिले धारा २ अन्तर्गत नै नयाँ सरकार गठनको आह्वान गर्नेछन्। जसको छनक प्रधानमन्त्री प्रचण्डले सत्ताधारी दलका नेतालाई सुनाएका थिए।