एमालेले पनि बोलायो संसदीय दलको बैठक

शनिबार, असार २२, २०८१

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने तयारीमा रहेको एमालेले दलको बैठक राख्नु अघि आजै कांग्रेसले पनि बैठक डाकेको छ। 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दिएको जानकारीअनुसार असार २३ गते आइतबार बिहान १० बजे बस्नेगरी संसदीय दलको बैठक बोलाइएको हो। नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्ने बैठकमा सबै सांसदलाई उपस्थितिका लागि एमालेले निर्देशन दिएको छ।

अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने संसद्‌बाट विश्वासको मत लिने र अहिले राजीनामा नदिने अडान लिइरहेका छन्।
जसका कारण नयाँ सरकार गठनको प्रक्रिया अघि बढिसकेको छैन। असार २८ गते प्रचण्डले विश्वासको मत लिने साईत निकालेका छन्। 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्