प्रचण्डलाई छोड्नु पर्ने र कांग्रेससँग ओलीले लगनगाँठो कस्नुपर्ने किन भयो ?

आइतबार, असार २३, २०८१

नेकपा एमाले संसदीय दलको बैठक संसद् ‍भवन नयाँबानेश्वरमा बसेको छ।  संसदीय दलका नेता प्रधानमन्त्री बन्ने चरणको सो बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी ओलीले सत्तामा जाने बाटो कसरी खनियो त्यसको व्याख्या गर्दैछन्। 

नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसिरहेको बैठकमा ओलीले नेपाली कांग्रेससँग गत सोमबार भएको सम्झौताबारे रांतो नबिराई  ब्रिफिङ गर्दैछन् । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा कांग्रेससँगको सत्ता समीकरणको सहमतिबारे सांसदहरूलाई औपचारिक रुपमा जानकारी गराइने प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

गत सोमबार राति कांग्रेससँग सत्ता समीकरणको सहमतिसँगै एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छाडिसकेको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ । कांग्रेस र एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने, संविधान संशोधन लगायतका विभिन्न बुँदामा सहमति भएको छ ।

सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनेछन् । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति छ । कांग्रेसले शनिवार दलको बैठक बोलाएर ओलीलाई सारा शक्ति लगाएर प्रधानमन्त्री बनाई छाड्ने निर्णय गरेको छ। उता प्रधानमन्त्री प्रचण्ड भने ओलीलाई प्रधानमन्त्री बन्न नदिने खेलमा होमिएरै लागेका छन्।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्