प्रचण्डलाई बाम एकताको चटनीले दिएन स्वाद, कोशीको मुख्यमन्त्री गलपासो

आइतबार, वैशाख ९, २०८१

 नेकपा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल बाम एकता सम्भव नरहेको बताएका छन। धनगढी पुगेर उनले अहिले सहकार्य अघि बढिरहेको बताएका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गर्ने चौथो दीक्षान्त समारोहका लागि सुदूरपश्चिम पुगेका प्रधानमन्त्री दाहालले आइतबार धनगढी बिमानस्थलमा पत्रकारसँग कुरा गर्दैे बिस्तारै राम्रो सहकार्य र सहमती हुँदै गएमा पछि गएर बाम एकता हुन सक्ने बताए।

प्रचण्डले अहिलेको सत्ता गठबन्धन पुरै कार्यकालसम्म रहने बताए। प्रधानमन्त्री दाहालले भने‘गठबन्धनबाट प्रदेशमा सरकार बनाउने काम पनि अन्तिम चरणमा रहेको छ’ अब कोशी प्रदेशमा मात्र मुख्यमन्त्री चयन गर्न बाकी छ अब त्यहाँ पनि चाँडै हुन्छ।

अहिलेको सत्ता समिकरण बामपन्थीको मात्र भनेर नगरेको बताउदै प्रधानमन्त्री दाहालले भने बाम एकता भन्नु सहि नभएको बताए।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्