घन्टी पार्टीका हातखुट्टा बाँधिएका महामन्त्री ढकाललाई रविले आजै खरेटो लगाउने

मंगलबार, असार २५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले एक साता अघि निलम्बन गरिएका महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै पार्टी बाट निकाल्न सिफारिस गरेको छ।

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि रास्वपाको केन्द्रीय समितिको बैठक जारी छ। उक्त बैठकले ढकाललाई बर्खास्त गर्ने बुझिएको छ। 

समीक्षा यात्रापछि विवादित प्रतिवेदन लेखेको भन्दै अघिल्लो मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री पदबाट ७ दिनका लागि निलम्बन गरी छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो।
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्