सोसल मिडिया
युनिकोड
नेकपा एमालेको सचिवालय बैठक सरेको छ। मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको हो।
पार्टी केन्द्रीय सचिवालयले दिएको जानकारी अनुसार, बैठकका लागि तय भएका कार्यसूचीमा तयारी नपुगेका कारण अध्यक्ष केपी शर्मा ओलीकै आग्रहमा आजको बैठक सारिएको हो।
पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड लगायतका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ।
गत असार १७ गते राति कांग्रेससँग मिलेर सरकार बनाउने सहमति गरेपछि बस्न लागेको सचिवालय बैठक यो दोस्रोपटक हो।