कांग्रेस भित्र मन्त्री बन्न खोज्नेको लाग्यो लर्को, लेखक गृहमन्त्री पक्का

मंगलबार, असार २५, २०८१

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने भए सङ्गै काङ्ग्रेस भित्र मन्त्री बन्न खोज्नेको लर्को लागेको छ।

एमाले–कांग्रेस सरकारमा मन्त्री पठाउनेबारे छलफल थालेका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले रमेश लेखकलाई मन्त्री बनाउने पक्का भएपनी अरूको भने टुङ्गो नलागेको श्रोतको भनाई छ। यसपटक लेखक गृहमन्त्री बन्ने भएका छन् ।

कांग्रेस र एमालेबीच १० र ९ मन्त्रालय लिने सहमति भएको छ । काङ्ग्रेसबाट आरजु राणा, तेजुलाल चौधरी, सङ्गीता मण्डल, लिला बोखिम, जीवन परियार, बद्री पाण्डे लगायत मन्त्री बन्न लागिपरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्