मन्त्री छान्न एमालेले डाकेको सचिवालय बैठक बस्दै

बुधबार, असार २६, २०८१

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि सारिएको थियो ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ । यस्तै, बैठकमा पार्टीको २०८१ सालको कार्ययोजनाका विषयमा पनि छलफल गर्ने तयारी रहेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्