घन्टी पार्टीबाट बर्खास्तमा परेका मुकुल ढकालले सिङ्गदरबार छेउमै पत्रकार सम्मेलन गर्दै

बुधबार, असार २६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

रास्वपा केन्द्रीय समितिले हिजो उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्काशित गरेपछि आज पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
ढकालले दिउँसो ३ बजे अनामनगरमा पत्रकार सम्मेलनका लागि सञ्चारकर्मीलाई बोलाएका छन् ।

पार्टीले जिम्मेवारीबाट हटाएपछि उनले आफूलाई रवि लामिछानेको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए । साथै उनले आफू रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने अभियानमा लाग्ने बताएका थिए । रास्वपाले ढकाललाई जिम्मेवारीबाट हटाए पनि त्यसमा पुनरावेदन गर्न ३५ दिनको समय दिइएको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्