सोसल मिडिया
युनिकोड
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ बन्ने सरकारका लागि प्रधानमन्त्री बाहेक अन्य मन्त्रालयको भागबण्डा नगरेको बताएका छन्। मन्त्री बनाई माग्नेले क्याउँक्याउँ गरेपछि ओलीले बाँडफाँट भइनसकेको बताएका हुन् । तर कांग्रेस-एमालेले अस्तिनै मुख्यमुख्य मन्त्रालय बाँडेका छन्। बुधवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओली चाँही बाँडफाँट नभएको कुरा सुनाएका छन्।
साधारणतः हैसियतको आधारमा मन्त्री बनाईने उनको भनाई छ। ओलीले आफूले जनतालाई केन्द्र भागमा राखेर काम गर्ने समेत प्रतिवद्धता जनाएका छन्।
‘हाम्रो अहिले उद्यमशिलतामा ध्यान जानु,कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रिकीकरणमा जोड दिनु र व्यावसायिकतामा ध्यान दिनु, उद्यमशिलता, औद्योगिकीकरण, आधुनिकीकरण, प्रविधिको प्रयोगमा जोड दिनु आजको आवश्यकता हो,’ उनले भने, ‘उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनु आजका आवश्यकता हुन्। शिक्षालाई बढी व्यावहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता हो। जनतालाई केन्द्र भागमा राखेर काम गर्नेछौँ।’
ओलीले यो पटक नितान्त नयाँलाई मन्त्री बनाउने संकेत भने दिएका छन्। चिनिएका अनुहार भन्दा पनि सांसद भएका तर स्थापित नभएका सांसदलाई हैसियत अनुसार मन्त्री बनाउने संकेत गरेको एक सचिवालय सदस्यले बताए।