ओलीका दाहिना अर्थमन्त्री पक्का, देउवाका दाहिनालाई गृहमन्त्रालय

बिहीबार, असार २७, २०८१

प्रधानमन्त्री प्रचण्डलाई थाहै नदिई प्रधानमन्त्रीबाट गलहत्याउन जुईनो कसेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण मन्त्रालयको भागबण्डा गरेका छन्। 

कांग्रेस र एमाले दुई ठूला दल मिलेर सरकार बनाउने भएकोले परीणाम दिनसक्ने व्यक्तित्वलाई सरकारमा पठाउनुपर्ने आवाज उठेको छ । एमालेले अर्थसहित विभिन्न ९ वटा महत्वपूर्ण मन्त्रालय पाउने पक्का भएको छ । अर्थमन्त्रीमा ओलीका दाहिना एमाले उपाध्यक्ष विष्णु पौडेललाई नै पठाउनेगरि पार्टीभित्र छलफल थालिएको छ । ओलीले उनलाई तयार रहन भनिसकेका छन्। यता देउवाका दाहिना रमेश लेखक गृहमन्त्री बन्ने निश्चित छ। ओली समेतले लेखकको नाम गृहमन्त्रीमा उपयुक्त भएको जनाउ दिईसकेका छन्। 

पौडेल यसअघिपनि अर्थमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका नेता हुन् । उनलाई अर्थमन्त्री बनाउने विषयमा हिजो (बुधबार) नेपाली कांग्रेसका सभापति देउवाको निवासमा भएको दुई दलका शीर्ष नेताहरुको भेटवार्तामा सहमति जुटेको उच्च स्रोतको दाबी छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्