तीन हजार ५९ मतले डम्बरलाई पछि पारेका सुहाङले कति मत पाए ?

सोमबार, वैशाख १७, २०८१

ईलाम-२ मा नेकपा एमालेका सुहाङ नेम्वाङले प्रतिद्वन्द्वी डम्बर खड्कासँग मतान्तर बढाएका छन्।

गणना जारी रहँदा पछिल्लो विवरणअनुसार उनले खड्कालाई तीन हजार ५९ मतले पछि पारेका छन्।

सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन्।  खड्काले ६ हजार ९४४ मत ल्याएका छन्।  

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले पाँच हजार ५९१ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ४४३ मत ल्याएका छन्।

कसको भागमा कति मत ?

1714365023852-1714365285.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्