सोसल मिडिया
युनिकोड
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनबारे परामर्श लिन संविधानविद्हरूलाई शीतल निवास डाकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने निश्चित भइसकेको बेला संसद्मा मतदानकै समयमा राष्ट्रपतिले संविधानविद्हरूसँग परामर्श गर्न लागेका हुन् ।
जसमा संविधानविद्हरू वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमण श्रेष्ठ, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली छन् ।
यता कांग्रेस र एमालेले आजै दुईतिहाइ सांसद र राजनीतिक दलहरूको समर्थनसहित केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने लिखित पत्र लिएर राष्ट्रपतिसमक्ष जाँदैछन् । बुझिए अनुसार आजै केपी ओली प्रधानमन्त्री बन्दैछन् ।