विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त, बालुवाटार बसाई सकियो

शुक्रबार, असार २८, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतसम्बन्धी प्रस्ताव फेल भएको छ। अर्थात् उनले विश्वासको मत नपाएपछि सत्ता गुमाएका छन् ।

समर्थन फिर्ता लिएर नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले शुक्रबार संसदमा पाँचौं पटक विश्वासको मत लिन लिएका हुन् । प्रस्तावको पक्षमा ६३ र विपक्षमा १९४ परेको छ। दिन्न भन्ने पक्षमा एक जना देखिए। बैठकमा २५८ सांसद उपस्थित भए।

एमाले बाहिरिएसँगै दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आज विश्वासको मत लिने बाटो रोजेका थिए।

केहीबेरमा पार्टी मुख्यालय पुगेर सम्बोधन गरेर खुमलटार जाने भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्