देउवालाई लिएर ओली शितलनिवास जाँदै, बहुमत सांसदको हस्ताक्षर बुझाईने

शुक्रबार, असार २८, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि आजै दाबी पेस गर्ने भएका छन्। आजै सवा ९ बजे बहुमत सांसदको हस्ताक्षरसहित शीतलनिवास जाने तयारी भएको ओली निकट एक सांसदले बताए। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीसहित केही अन्य सांसद शितलनिवास जान तयार भएका छन्। शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन्।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्