प्रचण्ड बालुवाटारबाट खुमलटार पुग्दा नपुग्दै ओलीले प्रधानमन्त्रीमा दाबी पेसे

शुक्रबार, असार २८, २०८१

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको लागि संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै कांग्रेसको समर्थनसहित ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल विश्वासको मत प्राप्त गर्न नसकेर प्रधानमन्त्रीबाट पदमुक्त भएपछि कांग्रेस र एमालेका सांसदहरुले संसद् भवनमै नयाँ सरकारको लागि दाबी पेश गर्नेगरि हस्ताक्षर संकलन गरेका थिए । सभामुख देवराज घिमिरेबाट प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको पत्राचार भएलगत्तै नयाँ सरकार गठनको लागि शितलनिवासबाट आह्वान भएको हो ।

प्रधानमन्त्रीबाट पदमुक्त भएर प्रचण्ड बालुवाटारदेखि खुमलटार पुगेर तन्ना मिलाउन नपाउदै यता राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया थालेका हुन्।

1720801764065-1720801806.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २१:५३
प्रतिक्रिया दिनुहोस्