ओलीलाई आजै राष्ट्रपतिले किन प्रधानमन्त्री नियुक्त गरेनन् ?

शुक्रबार, असार २८, २०८१

एमाले अध्यक्ष केपी ओलीलाई राष्ट्रपतिले आजै प्रधानमन्त्री नियुक्त नगर्ने भएका छन्। 

दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका केपी शर्मा ओलीको नियुक्ति आज (शुक्रबार) नहुने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि एमाले अध्यक्ष ओलीले आजै साँझ दुई दलका अध्यक्षको हस्ताक्षरसहित दाबी पेश गरेका थिए।

ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेर सोही दिन सपथ खुवाउने शितलनिवासको तयारी छ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २२:२८
प्रतिक्रिया दिनुहोस्