मन्त्री छान्न कांग्रेसले डाक्यो बैठक, को-को बन्दैछन् मन्त्री ? 

शनिबार, असार २९, २०८१

पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले अबलम्बन गर्ने नीतिका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठकले नयाँ सरकारमा पार्टीका तर्फबाट सहभागी हुनेको नाम पनि  टुङ्गो लगाउने जनाइएको छ । 

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय बिपीनगर, सानेपामा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने जानकारी दिए । कांग्रेस र नेकपा (एमाले) ले नयाँ सरकार गठनका लागि हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरिसकेका छन् ।    बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाइएको मुख्यसचिव पौडेलले जानकारी दिए  ।

प्रकाशमान सिङ्गको नेतृत्वमा ओली सरकारमा मन्त्री पठाउने देउवाको सोचाई रहेको कांग्रेस श्रोतले बताएको छ। रमेश लेखक गृहमन्त्री बन्दैछन् भने जीवन परियार, चन्द्र भण्डारी लगायतको मन्त्री बन्ने सम्भावना उच्च छ। त्यस्तै आरजु देउवा मन्त्री पक्का छ। उनलाई परराष्ट्र मन्त्रालयको जिम्मा लगाईने छ।  

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्